काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अहिलेको राजनीतिक अन्योतल हटाउन ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले संयुक्त सरकार, पार्टी एकतालगायतले अन्योल नहट्ने टिप्पणी गरे ।“वर्तमान राजनीतिक अन्योलले विदेशीको भरमा सिद्धान्तहीन निर्वाचन मोर्चा, सिद्धान्तहीन संयुक्त सरकार, सिद्धान्तहीन पार्टी एकता गर्न नहुने पुष्टि गर्छ । यो राजनीतिक अन्योल हटाउन ताजा जानदेश वा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो,” सुवालले भने ।