विराटनगर – कोरोना संक्रमण पछि उपचाररत मोरङ विराटनगरका उद्योगी सुनिल टिवडेवालको मृत्यु भएको छ । टिवडेवाल मोरङ व्यापार संघका कार्यसमिति सदस्य समेत हुन् ।
४५ वर्षीय टिवडेवाल कोरोना संक्रमण पछि विराट मेडिकल कलेजमा उपचाररत थिए । हाइटेक र एसटी फेब्रिक्स कार्पेट उधोगका सञ्चालक युवा उद्योगी टिवडेवालको निधनले विराटनगरका उद्योगी व्यापारी स्तब्ध भएका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले एक कुशल मित्र गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।यता पुस्तक व्यवसायी बिष्णु खतिवडाको पनि कोरोना संक्रमणका कारण मृत्यू भएको छ । उनको आइतबार बेलुका ७ बजे उपचारकै क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएको हो ।
विराटनगर–८ निवासी ५६ वर्षीय खतिवडालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा बैशाख १० गते पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि धरान लगिएकोमा उपचाारकै क्रममा निधन भएको जनाइएको छ ।