१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २८, २०७८

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या चार लाख १३ हजार १११ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार ४८३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा २, उदयपुरमा २२, ओखलढुंगामा १०, खोटाङमा ७, झापामा २६४, ताप्लेजुङमा १, धनकुटामा २०, पाँचथरमा २, भोजपुरमा ३, मोरङमा ३५०, सुनसरीमा १७५ र साेलुखुम्बुमा ७ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १६५, पर्सा ११३, बारामा ३१, महोत्तरीमा ४१, रौतहटमा २८, सप्तरीमा ४४, सर्लाहीमा २९ र सिरहामा १५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १२४, दोलखामा १५, धादिङमा ११५, नुवाकोटमा ७३, भक्तपुरमा ५३७, मकवानपुरमा ११६, रसुवामा १, रामेछापमा २४, ललितपुरमा ६०२, सिन्धुपाल्चोकमा ५८ र सिन्धुलीमा ४७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३७०, गोरखामा ६४, तनहुँमा ४७, नवलपरासी पूर्वमा २५, पर्वतमा १, मुस्ताङमा १, म्याग्दीमा ५, लमजुङमा ३४, बागलुङमा ६ र स्याङजामा ९० जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५५, कपिलवस्तुमा ११७, गुल्मीमा १५, दाङमा २६५, नवलपरासीमा ५७, पाल्पामा ८४, प्युठानमा १, बर्दियामा ६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९ र रोल्पामा ४ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ७७, जुम्लामा ९, डाेल्पामा १, दैलेखमा ६, रुकुम पश्चिमा ४८, सल्यानमा २१ र सुर्खेतमा २६४ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ८०, कञ्चनपुरमा २८, कैलालीमा २९५, डाेटीमा २, बाजुरामा १, दार्चुलामा ३ र बझाङमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]