जनता समाजवादी पार्टी (जसपाका) अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न ठाकुर त्यहाँ गएका हुन् ।
स्रोतका अनुसार अहिले अोली र ठाकुरबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ ।
विपक्षी गठबन्धनले सरकार बनाउन जसपाको साथ खोजिरहेका बेला ठाकुरले सहयोग गर्न नसकिने बताउँदै आएका छन् ।