०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख ३१, २०७८

वीरगन्ज – पर्साको जगरनाथपुर गाउँपालिकाको एटै वडामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जगरनाथपुर गाउँपालिका–५ चिलझपटी टोलमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमेन्द्र साहले जानकारी दिए।

चिलझपटी टोलका २५ जनाको शुक्रबार स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।उक्त टोलमा ३ दिनअघि जिल्ला स्वास्थ्य कार्यालयबाट गएको टोलीले स्थानीयको स्वाब संकलन गरी नारायणी अस्पतालमा पीसीआर परीक्षणका लागि पठाएको थियो।गाउँपालिकाको विभिन्न वडामा गरी पछिल्लो २ हप्तामा मात्रै ११ जनाको कोरोना र कोरोनासित मिल्दोजुल्दो लक्षणका कारण मृत्यु भइसकेको साहले बताए।

कोरोना र कोरोनासित मिल्दोजुल्दो लक्षण भएको ज्वरो र खोकी लागेका कारण एउटै गाउँमा १० जनाको ज्यान गएपछि जिल्ला स्वास्थ्य कार्यालय वीरगन्जबाट ३ दिनअघि गएको चिकित्सकसहितको टोलीले स्वाब संकलन गरेको थियो।टोलीसित २५ वटा मात्रै किट रहेकाले चिलझपटी टोलका २५ जनाको स्वाब मात्रै संकलन गरेको थियो।‘चिलझपटी टोलका २५ जनाको स्वाब संकलन गरी परीक्षणको लागि नारायाण्ी अस्पतालमा पठाएका थियाँै,’ उनले भने, त्यसको रिपोर्ट आज आयो, २५ जनामध्ये १७ जनामा कोरोना पुष्टि भयो।’ कोरोना संक्रमण अहिले गाउँपालिका–६ को सन्ठी टोलमा फैलिसकेको उनको दाबी छ।

त्यहाँ पनि धेरैजनामा ज्वरो र खोकी लागेको साहले जानकारी दिए। चिलझपटी टोलमा अधिकांश ज्वरो र खोकीका बिरामी रहेकाले उनीहरूको पनि परीक्षण गर्न आवश्यक भएको उनको भनाइ छ।एउटा वडामा रहेको ज्वरो र खोकी अहिले गाउँपालिकाभरि फैलिएको जानकारी दिँदै अब थप सावधानी अपनाइने गाउँपालिकाकी उपप्रमुख विशमिल्लाह खातुनले बताइन्।उनले संक्रमितको उपचारका लागि गाउँपालिकाले निःशुल्क औषधि वितरण गरिरहेको भन्दै कडा खालका लक्षण देखिएकालाई तुरुन्तै अस्पताल लैजान २४ सै घण्टा एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताइन्।

‘अहिले ज्वरो र खोकी चिलझपटी, धर्मपुर, पाँडेपुरलगायत लगभग सबै वडामा पुगिसकेको छ, ‘उनले भनिन्, ‘हामीले संक्रमितको उपचारको लागि सबै व्यवस्था मिलाएका छाँै।’ वीरगन्जमा २५ बेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालन गरी त्यहाँ अक्सिजन डाक्टर औषधिको व्यवस्था गरिएको खातुनको भनाइ छ।

गाउँपालिका प्रमुख जालीम मियाँ श्रीमतीको उपचारका लागि काठमाडौंमा रहेकाले अहिले आफँैले सबै व्यवस्थापन गरिरहेको खातुनको भनाइ छ।कोरोना संक्रमण गाउँपालिकाभरि फैलिँदै गएकाले गाउँपालिकाभरि कसैलाई घरबाहिर निस्कन नदिई प्रहरी प्रशासनको सहयोगमा थप कडाइ गरिएको बताउँदै निषेधाज्ञा पालना गरि दिन गाउँपालिकाबासीसित उनले आग्रह गरिन्।

पर्सा जिल्लाभरि जेठ ६ गतेसम्म निषेधाज्ञा लगाइएकाले जगरनाथपुर गाउँपालिकामा पनि सोहीअनुसार गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।सो गाउँपालिकामा कोभिडका बिरामी बढ्दै गएको र मृत्यु हुनेको संख्यामा वृद्धि भए स्थानीय तहले पनि थप कडाइ गर्न पाउने अधिकार भएको उनले बताए।‘अहिले त जिल्लाभरि नै निषेधाज्ञा छँदैछ, कोभिडका कारण, जगरनाधपुरमा पनि त्यही हो, ‘उनले भने, ‘तर कोभिडका बिरामी बढ्दै गए सम्बन्धित स्थानीय तहले निषेधाज्ञालाई थप कडाइसाथ लागू गराउने अधिकार छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]