१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०१, २०७८

सप्तरी : वीर अस्पतालले कोभिड संक्रमितको उपचार र हेरचाहका लागि भन्दै करारमा नियुक्त गर्न लागिएको कर्मचारीको छनोट पारदर्शी र व्यवस्थित हुनुपर्ने माग गरिएको छ। वीर अस्पतालका कर्मचारीहरुले पहुँच र भनसुनका आधारमा नभइ योग्य र दक्षताका आधारमा पारदर्शी तरिकाले नर्स लगायतका ककर्मचारीर्मचारी नियुक्त गर्न माग गरेका हुन्।

अस्पतालले एक सय जनाभन्दा बढी नर्सलाई करारमा र अन्य केही कर्मचारी काररमा नियुक्तिका लागि आवेदन मागेको थियो। जसमध्ये नर्सहरुको छनोटमा पहुँचवालाले मात्र पाउने खतरा बढेको भन्दै पारदर्शी नियुक्तीको माग गरिएको वीर अस्पतालका एक कर्मचारीले बताए।

वीरको नयाँ सर्जिकल भवनमा कोभिड शय्या सञ्चालनका लागि १०० नर्स र ३ जना वरिष्ठ डाक्टरको माग गरिएको थियो भने आकस्मिक विभागका लागि ८ जना नर्स र १४ जना डाक्टरको माग गरिएको थियो। सर्जिकल भवन र आकस्मिक कक्षका लागि भएको छुट्टाछुट्टै मागपछि २ हजारभन्दा बढी नर्सले आवेदन दिएको अस्पतालले जनाएको छ।

अस्पतालका कर्मचारीका अनुसार आवेदन दिएका २ हजारभन्दा बढी नर्समध्ये पहिलो चरणको सर्ट लिष्टिङका क्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीले आफू निकटका आवेदकलाई नियुक्ती गर्न ५५ जनाको नामको सूचि तयार पारिसकेका छन्। उक्त ५५ जनामा २१ जना स्वास्थ्य मन्त्रालयबाट आएको सूचि अनुसारका नाम रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]