१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०१, २०७८

सप्तरी : कांग्रेस सभापति शेरबहादुर देउवाले सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार साँझ देउवाले विज्ञप्ति जारी गर्दै उपचार नपाएर छटपटिरहेका संक्रमितका लागि अक्सिजन, आइसियू बेड, खोपलगायतका औषधिको तत्काल व्यवस्था गर्न माग गरेका छन् ।

उनले कोभिड— १९ को संक्रमणले उग्र रूप लिइरहेको र देशभरिका अस्पतालहरूमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आइसियू बेड र औषधिको नितान्त अभाव हुनुका पछि सरकार दोषी भएको आरोप लगाएका छन् ।

‘सुदूरपश्चिमलगायतका दुर्गम स्थान र देशभरिमा नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ । सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसियू बेड, खोपलगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु ।’

देउवाले संकटको यस्तो घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई समेत आवश्यक सहयोगका लागि अपिल गरेका छन् । उनले यस्तो वेला स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् । कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्नसमेत देउवाको अपिल छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]