०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

धौलागिरी अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ । कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्टसँगै कोरोना संक्रमण दर तीव्र बढ्दा धौलागिरी अस्पतालमा अहिले लक्षणसहितका गम्भीर अवस्थाका ३५ र इर्मजेन्सी कक्षमा समेत ५ जना गरी ४० जना कोरोना संक्रमित उपचाररत छन् ।

दुई वर्षअघि मात्र अक्सिजन प्लान्ट जोडिए पनि अक्सिजन भर्ने उपकरण नहुँदा अक्सिजन अभाव भएको धौलागिरी अस्पतालले जनाएको छ । अहिले धौलागिरी अस्पतालमा १२ देखि १५ मिनेटमा एक सिलिण्डर खपत भइरहेको छ । अस्पतालमा ८० सिलिण्डर छ । अक्सिजन प्लान्ट भएपनि भर्ने उपकरण अभावमा पोखरा पठाउनुपर्ने बाध्यताले तत्कालनै अक्सिजनको अभाव हुन थालेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।’हिजोदेखि अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ, पोखरामा सिलिण्डर भर्नका लागि दैनिक ४/५ वटा गाडी पठाइरहेका छौं,’ डा.पोखरेलले भने, ‘हाम्रा चालकले पोखरा भ्यालीमै केन्द्रित गर्न थालेकाले हामीलाई ढिलाइ गरेर दिन थालियो भन्छन्, यहाँ उपचाररत बिरामीलाई अक्सिजन अभाव हुने जोखिम बढ्यो, पर्वत र म्याग्दीबाट समेत अक्सिजन सिलिण्डर लिएर समेत काम चलाइरहेका छौं ।’

कालीगण्डकी अक्सिजन सप्लायर्स पोखराले अक्सिजन उपलब्ध गराउँदै आएको छ । खोली सिलिण्डर लैजाने र त्यही ल्याएर जोड्ने गरेर काम चलाउँदा समस्या भइरहेको उनको भनाइ छ । ‘अहिले अस्पतालमा भर्ना भएका सबैजसो बिरामीलाई अक्सिजन आवश्यक देखिएको छ,’डा.पोखरेलले भने, ‘हामी चरम तनावमा छौं, यो बेला सबैतिर अक्सिजन सिलिण्डरको अभाव त छ नै, यहाँ निरन्तर आइरहेको पनि आउन कम हुँदा समस्या भएको हो, यसबारे सम्बन्धित निकाय सबैमा खबर गरिसकेका छौं।’गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आपूर्ति विभाग प्रमुख खिमबहादुर खड्काले धौलागिरी अस्पतालमा अक्सिजनको अभाव हुन नदिने बताए । ‘हामीले निरन्तर यहाँ आएका सिलिण्डर भरेर पठाइरहेका छौं,अहिले देशव्यापीरुपमा अक्सिजनको अभाव छ,’ खड्काले भने, ‘हामीले प्रदेशका सबै जिल्लामा सन्तुलित हिसाबले अक्सिजन पुर्‍याउनु पर्नेछ । यसक्रममा केही ढिला भएको हुन सक्छ, हामीले यथासक्य अक्सिजन पठाउन आवश्यक पहल र समन्वयात्मक भूमिका खेलिरहेका छौं ।’

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले धौलागिरी अस्पतालमा २०७६ साल पुसमा अक्सिजन प्लान्ट स्थापना गरेको थियो । अक्सिजन प्लान्टमा उत्पादन भएको अक्सिजन सोझै अस्पतालमा रहेको बिरामीको बेडमा पाइप लाइनबाट पुग्ने भएपनि अक्सिजन सिलिण्डरमा भर्न नमिल्दा समस्या छ । पाइप लाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेको खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादन भएको आधा जस्तो अक्सिजन खेर गइरहेको छ ।

धौलागिरी अस्पताललाई १ सय शैयाको कोभिड अस्पतालको रुपमा विकास गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]