बैतडी – कोरोना संक्रमणबाट बैतडीमा थप एकजनाको मृत्यु भएको छ। पाटन नगरपालिका–८ का ३४ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो।
यससँगै बैतडीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। खोडपे बजारका व्यापारीसमेत रहेका ती पुरुषको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। गत वैशाख ३१ मा अस्पताल भर्ना भएका ती पुरुषलाई कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।यसअघि जेठ १ गते दशरथचन्द नगरपालिका–४ का २६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। वैशाख २८ मा दशरथचन्द–४ का ६४ वर्षीय पुरुषको सुदूरपश्चिम सामुदायिक अस्पताल कैलालीमा मृत्यु भयो। यस्तै, वैशाख २७ गते दशरथचन्द–५ की ६२ वर्षीया महिलाको जिल्ला अस्पताल बैतडीका मृत्यु भएको थियो।
वैशाख २५ गते मेलौली नगरपालिका–२ का ५८ बर्षीय पुरुषको जिल्ला अस्पतालमा, वैशाख २४ गते पाटन नगरपालिका–४ का ४० वर्षीय पुरुष धनगढी रेफर गरेकोमा बाटोमै, वैशाख २२ गते पाटन–१ का ४२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा, वैशाख १८ गते दशरथचन्द–५ का ३२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल र वैशाख १३ गते दशरथचन्द–९ ग्वाल्लेकका ३२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो।यस्तै गत माघ ६ गते पुर्चौडी नगरपालिका–३ का ३० वर्षीय पुरुषको भारतबाट घर फर्किंदै गर्दा घर नजिकै र गत पुस १६ गते दशरथचन्द–४ का ७७ वर्षीय पुरुषको घरमै कोरोनाका कारण मृत्यु भएको थियो।
बैतडीमा हाल ८०० भन्दा बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। जसमध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन्।