१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

सप्तरी : प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ संस्कृतिकर्मी, चलचित्रकर्मी एवम् गीतकार चेतन कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले कार्कीको निधनको खबरले आफू दुःखित भएको बताएका छन्।

उनले आइतबार साँझ ट्वीटरमा लेखेका छन्, ‘वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको छ। गीतकार कार्कीप्रति भावचलचित्रकर्मीपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।’


लेखक साहित्यकार कार्कीको आइतबार बिहान उपचारको क्रममा छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको थियो।

८३ वर्षका उनले नेपाली लोक, आधुनिक तथा चलचित्रका गीत संकलन तथा लेखनमा महत्वपूर्ण योगदान गरेका छन्। उनले चलचित्रका संवाद तथा पटकथा लेखनसँगै निर्देशन पनि गरेका थिए।

कार्कीले वि.सं. २०२८ मा तत्कालीन शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि निर्माण अधिकृतका रुपमा कामसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]