२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०३, २०७८

एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा दैनिक कोरोना संक्रमित हुनेको संख्या २५ दिनपछि तीन लाख मुनि आएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका १५ लाख ७३ हजार ५ सय १५ परीक्षणमध्ये दुई लाख ८१ हजार ३ सय ८६ मा संक्रमण पुष्टि भएको हो ।एक साता अगाडिसम्म भारतमा दैनिक संक्रमित हुनेको संख्या ४ लाख नाघेको थियो । योसँग भारतमा कोरोनाको दाश्रो लहर उच्च विन्दुमा पुगी झर्ने क्रममा रहेको बताइएको छ ।

नयाँ संक्रमितहरुमध्ये सबैभन्दा बढी ३४ हजार ३ सय ८९ महाराष्ट्रका, तमिलनाडुका ३३ हजार १ सय ८१, कर्नाटकका ३१ हजार ५ सय ३१, केरलाका २९ हजार ७ सय ४ र आन्ध्रप्रदेशका २४ हजार १ सय ७१ रहेका छन् ।योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड ४९ लाख ६५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख ७८ हजार ७ सय ४१ सहित भारतमा हालसम्म २ करोड ११ लाख ७४ हजार ७६ ले संक्रमण जित्न सफल भएका छन् ।सोही अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार हजार १ सय ६रहेको छ । भारतमा पछिल्लो साता दैनिक संक्रमित हुनेको संख्या ओरालो लागेपनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । भारतमा हालसम्म दुई लाख ७४ हजार ३ सय ९० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

भारतमा हाल सक्रिय संक्रमित संख्या ३५ लाख १६ हजार ९ सय ९७ रहेको छ ।भारतमा हालसम्म १८ करोड २९ लाख २६हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]