भारतमा कोरोनाविरुद्ध खोपको साटो बनेको खाने औषधि प्रयोग गर्न सुरु गरिने भएको छ।
पानीमा घोलेर खान सकिने २–डीजी नामको पाउडर औषधि आज सोमबार बिहान भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले शुभारम्भ (लन्च) गरेका हुन्।त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको २–डीजी औषधि आजै कोरोनाका १० हजार बिरामीलाई वितरण गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना संक्रमणविरुद्ध नजिकैको छिमेकी मुलुकमा बनेको खाने औषधि नेपाल पनि आइपुग्ने आशा गर्न सकिन्छ।