२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०३, २०७८

भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआई) ले पश्चिम बङ्गाल सरकारका दुई जना मन्त्रीसहित चार जनालाई पक्राउ गरेको छ ।

नारदा स्टिङ मुद्दामा छानबिन गरिरहेको सीबीआईले उनीहरूलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल सरकारका मन्त्रीहरू फिरहाद हकीम र सुब्रत मुखर्जी तथा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्व मन्त्री शोभनदेव चटर्जी र तृणमूलका विधायक मदन मित्र रहेका छन् । शोभनदेव केही समयअघि तृणमूल छाडेर भाजपामा प्रवेश गर्नुभएको हो । बाँकी सबै मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसका नेता हुन् । राज्यपाल जगदीप धनखडले पक्राउ परेका नेताहरूविरुद्ध आरोपपत्र दायर गर्न अनुमति दिइसक्नुभएको सीबीआईले जनाएको छ ।

तृणमूल कांग्रेसका प्रभावशाली नेताहरूले शक्ति दुरुपयोग गर्दै घुस लिएर निजी कम्पनीलाई गैरकानुनी काम गर्न दिएको आरोप लागेको छ । मुख्यमन्त्री ममता बनर्जीले नेताहरू पक्राउ गर्न स्वीकृति दिने अधिकार राज्यपाललाई नभएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

के हाे नारदा स्टिङ मुद्दा ?
पश्चिम बङ्गालमा सन् २०१६ का विधानसभा चुनावअघि नारदा न्युजका सीईओ म्याथ्यु स्यामुएलले एक स्टिङ भिडियाे सार्वजनिक गर्दै बङ्गालकाे राजनीतिमा हलचल ल्याइदिनुभएकाे थियाे । त्यस भिडिओमा तृणमूल कांग्रेसका सात सांसद, तीन मन्त्री र काेलकाता नगर निगमका मेयर शाेभन चटर्जी क्यामेराकाे सामु घुस लिएर एक नक्कली कम्पनीकाे काराेबारमा सहयाेग गर्ने आश्वासन दिएकाे देखिएकाे थियाे । फर्जी कम्पनीकाे प्रतिनिधिकाे रूपमा घुस दिने व्यक्ति अरू काेही नभइ म्याथ्यु स्यामुएल नै थिए ।

ममता बनर्जी र उहाँकाे पार्टीले आफ्नाे छवि बचाउनका लागि यस स्टिङ भिडियाेलाई राजनीतिक षड्यन्त्रकाे संज्ञा दिएका थिए । तर अब उच्च अदालतकाे सीबीआईसँग जाँचकाे फैसला र फेरि सर्वाेच्च अदालतले त्यस फैसला सदर गरेपछि तृणमूल कांग्रेस केही हच्किएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]