१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०३, २०७८

उदयपुर – उदयपुरमा कोरोना भाइरसबाट सोमबार थप दुई जनाको मृत्यु भएको छ। बैशाख २५ गते उपचारका लागि नोवेल अस्पताल पुगेका कटारी नगरपालिका-४ का ७४ वर्षीय बृद्धको सोमबार बिहान मृत्यु भएको हो।

योसँगै मृतकको संख्या उदयपुरमा १४ पुगेको छ।ज्वरो आएर उपचार गर्न पुगेका बृद्धलाई कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई अस्पतालमा आईसोलेसनमा राखेर उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए। त्यसैगरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत त्रियुगा नगरपालिका-३ का ४६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ। स्वास्थ्य प्रमुख सुवेदीका अनुसार जिल्लामा हालसम्म १ सय ६८ महिला र २ सय १९ जना पुरुष गरी ३ सय ८७ जना संक्रमित रहेका छन्।

हालसम्म ७ जना महिला र १६ जना पुरुष गरी २३ जनाले कोरोना जितेर घर फर्किसकेका छन्। कोरोना संक्रमितमध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा १ सय ९७ जना, बेलका नपामा ६६ जना, चौदण्डिगढी नपा ५९ जना, कटारी नपामा ३६ जना, रौतामाई गाउँपालिकामा १५ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकामा ८ र उदयपुरगढी गाउँपालिकामा ७ जना रहेको सुवेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]