१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०४, २०७८

जनकपुरधाम – रौतहट जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएयता ५३ जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गौर अस्पतालमा १८ जना र वीरगञ्जको नारायणी उप-क्षेत्रीय अस्पतालमा ११ जना संक्रमितको मृत्यु भएको छ । केहि संक्रमितको काठमाडौंसहितका विभिन्न अस्पतालमा मृत्यु भएको छ । अस्पताल नपुग्दै बाटोमै पनि केहि संक्रमितले ज्यान गुमाएका छन् ।अक्सिजनको अभावमा अधिकांश संक्रमितको मृत्यु भएको गौर अस्पतालमा कार्यरत एक चिकित्सकले बताए । उनले अनुसार विरामीको स्वास्थ्य अवस्था नाजुक भइसकेपछि मात्र अस्पताल ल्याउँदा र अक्सिजनको अभावमा मृत्यु हुने गरेको छ । कतिपय संक्रमित निजी अस्पतालमा पुग्ने गरेको र अवस्था बिग्रेपछि मात्र रेफर गर्दा समस्या भइरहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि रौतहटमा पनि निषेधाज्ञा जारी छ । यद्यपि निषेधाज्ञाको अवज्ञा गरी विभिन्न गतिविधि जारी राख्दा संक्रमण बढिरहेको छ । अहिले रौतहटमा ६ सय १६ सक्रिय संक्रमित छन् । जसमध्ये २९ जना मात्र संस्थागत आइसोलेशनमा र बाँकी घरमै उपचाररत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]