०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०४, २०७८

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेट सकारात्मक भएको बताएका छन्। बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार रहेका गृहमन्त्री थापाले वरिष्ठ नेता नेपालसँग भेट गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार भेट सकारात्मक भएको हो। जेठ ६ गतेको राष्ट्रियसभाको उपनिर्वाचन र पार्टीको आन्तरिक विषयमा केन्द्रित कुराकानी भएको भट्टराईले जानकारी दिए। ‘भेटवार्ता पार्टीको आन्तरिक विषय र जेठ ६ गते हुनगइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको थियो’, भट्टराईले भने, ‘भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो। भेट सकारात्मक रहेको उहाँको भनाइ छ।’

एमालेले गृहमन्त्री थापालाई बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदावार बनाएको छ। एमाले भित्रको विवादका कारण नेपाल समूहसहित प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा (माओवादी केन्द्र)को गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो। नेता नेपाल र अध्यक्ष ओलीबीच पार्टी एकताको विषयमा सहमति भएर कार्यदलसमेत बनिसकेपछि थापा उपचुनावमा सहयोग माग्न वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेका हुन्।

एमालेले उपनिर्वाचन‍मा थापालाई मतदान गर्न ह्वीप जारी गरेको छ। सोमबार एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिँदै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/ उप्रमुखका पत्र पठाएका हुन्।‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क, रामबहादुर थापामगर भएको जानकारी गराइन्छ।’ पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’बागमती प्रदेश कमिटी बोधार्थ दिइएको पत्रमा कोरोना पिसिआर टेष्टको प्रमाण अनिवार्य लिएर आउन आग्रह गरिएको छ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने बताएको छ। आयोगले निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड १९ संक्रमण भए/नभएको पीसीआर रिपोर्ट ल्याउनु पर्ने अनिवार्य गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]