१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०५, २०७८

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हल २ः३० बजे बैठक बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

खाणका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ । छलफलमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने उनको भनाइ छ । ‘कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दबाब दिने छदैछ । सरकार संसदबाट भाग्न खोजेका देखिएको छ । बजेटअघि पूरा गर्नुपर्ने संवैधानिक र प्रक्रियागत कामसमेत अघि बढाइएको छैन । यस विषयमा छलफल हुन्छ,’ खाणले भने ।सरकारले बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेसम्म संसद अधिवेशन नै बोलाएको छैन ​। बजेट ल्याउनुअघि संसदमा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित हुनै पर्छ। तर, समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ। बजेट ल्याउनु १५ दिनअगावै प्रि–बजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था सरकारले लत्याइसकेको छ ।

यस्तै प्रतिनिधिसभामा विश्वासको मत गुमाएर फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी ओली ३० दिनभित्र विश्वासको मत लिने तयारीमा छन् । यता जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । यी सबै विषयका सन्दर्भमा बैठकले रणनीति बनाउने खाणको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]