१० पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०५, २०७८

कोरोना महामारीसँग जुधिरहेको भारतले कोरोनाका कारण निकै कठिन परिस्थिति झेल्नु परिरहेको छ। संक्रमितलाई आवस्यक औषधि, अस्पताल शैय्या तथा अक्सिजन अभावका कारण समस्या रहेको बेला भारतका प्रभावशाली व्यक्तिहरूले सक्दो सहयोग गरिरहेका छन्।

यो सूचीमा धेरै बलिउड कलाकारसमेत छन्। यसैबीच, साउथ सुपरस्टार तथा राजनीतिकर्मी रजनीकान्तले हालै कोभिड पीडितहरूको नाममा तामिलनाडु मुख्यमन्त्री कोभिड राहत कोषमा ५० लाख भारतीय रुपियाँ जम्मा गरेका छन्।उनका प्रवक्ता रियाज अहमदले सामाजिक सञ्जालमार्फत यसको जानकारी गराएको समाचारमा उल्लेख छ। केहीले उनको यो कामको प्रशंसा गरे पनि प्रख्यात कलाकार तथा राजनीतिकर्मी रजनीकान्तको यो सहयोगप्रति धेरै मानिसहरू भने खुसी हुन सकेनन्।उनको सहयोगप्रति मानिसहरूको असन्तोष सामाजिक सञ्जालमा पोखिएको छ। रजनीकान्तका लागि उक्त रकम केही पनि नभएको र यस्तो बेला उनले दिल खोलेर सहयोग गर्नुपर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रतिक्रिया दिएका छन्। ‘रजनीकान्तको लागि यो रकम एक मुठी बदाम जत्तिकै हो ।उनले कमसेकम यो बेला एक करोड दिनुपथ्र्यो’ एक व्यक्तिले सामाजिक सञ्जालमा उनको सहयोगलाई लिएर प्रतिक्रिया व्यक्त गरको छन्।

त्यस्तै, अर्का प्रयोगककर्ताले जिन्दगीभर आफूहरूबाट कमाएर हाई क्लास बनेका रजनीकान्तको हैसियत ५० लाखको हो र भनेर प्रश्न गरेका छन्। एक प्रयोगकर्ताले उनीमाथि व्यंग्य गर्दै भनेका छन् ‘कति धेरै दान गरेको?’केही दिनअघि रजनीकान्तकी छोरी सौन्दर्याले पनि आप्नो परिवारका साथ कोभिड राहत कोषमा एक करोड भारतीय रुपियाँ जम्मा गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]