काठमाडौं – भक्तपुर नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । नगरपालिकाका मेयर सुनील प्रजापतिका अनुसार भक्तपुरमा आइसोलेसन केन्द्रमा अक्सिजन दिनुपर्ने संक्रमितको संख्या बढ्न थालेपछि प्लान्ट सञ्चालनमा ल्याउन लागिएको हो ।
‘‘संघीय सरकारसँग भेन्टिलेटर, आईसीयू र अक्सिजन प्लान्टका लागि आवश्यक सामग्रीको सहयोग माग्यौँ । तर अहिलेसम्म सहयोग पाउन सकेका छैनौं,” उनले भने ।
बुधबारको ‘कोभिड–१९ रोग नियन्त्रण रोकथाममा सहकारी संस्थाहरुको भूमिका’ कार्यक्रममा प्लान्ट निर्माणका लागि आआफ्नो तर्फबाट आर्थिक तथा भौतिक सहयोग गर्न संस्थासँग सहयोग मागेका छन् ।