सप्तरी – सुनको भाउ तोलामा चार सय रुपैयाँ महँगिएको छ । बुधबार एक सय रुपैयाँ सस्तिएको सुन बिहीबार महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन ९३ हजार तीन सय रुपैयाँ कायम भएको थियो ।
सुन महँगिए पनि चाँदी भने सस्तिएको छ । महासंघका अनुसार चाँदीको भाउ १० रुपैयाँले घटेको छ । बुधबार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।