काठमाडौं – नेपाल प्रहरीले सरकारले जारी राखेको निषेधाज्ञामा तास खेल्ले ७ जनालाई पक्राउ गरेको छ । कोरोना महामारीलाई नियन्त्रणमा लिन जारी निषेधाज्ञामा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले चन्द्रागिरी पार्टी प्यालेसबाट पक्राउ गरेको हो ।
प्रहरीले चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही पार्टी प्यालेसका सञ्चालक सोही ठाउँ बस्ने ५४ वर्षीय राजु श्रेष्ठ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उक्त पार्टी प्यालेसमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।