एजेन्सी – इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ ।
दुई देशबीचको सहमतिअनुसार स्थानीय समय अनुसार शुक्रवार बिहान २ बजे देखि युद्धविराम गर्ने निर्णय भएको बीबीसीले जनाएको छ ।इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व सुरुवात भएको ११ दिन पछि युद्धविरामको सहमति गरेका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबीचको युद्धविरामप्रति खुशी व्यक्त गरेका छन् ।
मे १० देखि सुरु भएको दुई देशबीचको द्वन्द्वमा प्यालेस्टाइनको गाजा क्षेत्रमा ६५ बालबालिकासहित कम्तीमा २३२ जनाको ज्यान गएको छ भने हमासको आक्रमणबाट इजरायलतर्फ १ बच्चासहित १२ जनाको ज्यान गएको छ ।