२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०७, २०७८

आगामी महिनामा सुरु हुने युरोकप फुटबलका लागि पोर्चुगलको फुटबल टोलीको घोषणा भएको छ । साविक विजेता समेत रहेको पोर्चुगलले २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

प्रशिक्षक फर्नान्डो सान्तोसले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टोली घोषणा गरेका हुन् । उनीसँगै म्यान्चेस्टर युनाइटेड, लिभरपुल र सिटीबाट उत्कृष्ट प्रदर्शन गरेका ब्रुनो फर्नान्डेस, डियोगो जोटा र बर्नार्डो सिल्भा पनि टोलीमा छन् ।पोर्चुगलले सन् २०१६ को युरोकपमा फ्रान्सलाई अतिरिक्त समयमा १-० ले हराउँदै उपाधि जितेको थियो । चोटका कारण रोनाल्डोले खेल बीचमै छाडेका थिए ।

सन् २०१६ को युरोकप फुटबल जितेको पोर्चुगिज टोली
पोर्चुगलका लागि १०३ अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न ६ गोलले मात्र टाढा छन् । इराकका अली दाईले १०९ गोल गरेका छन् ।

पोर्चुगल समावेश समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ । समूह ‘एच’मा पोर्चुगलसंगै साविक उपविजेता फ्रान्स, जर्मनी र हंगेरी रहेका छन् ।

युरोकप आगामी जुन ११ देखि सुरु हुँदै छ ।

२६ सदस्यीय टोली:
गोलकिपर : एन्टोनी लोपेज, रुइ प्याट्रिसियो, रुई सिल्भा

डिफेण्डर : जोआो क्यान्सेलो, नेल्सन सेमेडो, जोस फोन्ट, पेपे, रुबेन डियाज, नुनो मेन्डेज, राफेल गुरेइरा

मिडफिल्डर : डानिलो परेइरा, जोआवो पाल्हिन्हा, रुबेन नेभेस, ब्रुनो फर्नान्डेस, जोआवो माउटिन्हो, रेनाटो सान्चेज, सर्जियो ओलिभिएरा, विलियम कार्भाल्हो

फरवार्ड : पेड्रो गोनकाल्भ्स, आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, डियोगो जोटा, गोन्कालो गुएडेज, जोआवो फेलिक्स, राफा सिल्भा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]