१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०७, २०७८

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि त्यसको विरोधसँगै आगामी विकल्प खोज्न दलहरु छलफलमा जुटेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भन्दै विपक्षी दलहरू छलफलमा जुटेका हुन् । राष्ट्रपतिले प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।उक्त कदमको प्रतिवादसँगै राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमत पुर्‍याएर नयाँ सरकारको दावी गर्ने गृहकार्यमा पनि दलहरु छन् । त्यसबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि सबै विकल्पमा छलफल गरेर अगाडि बढ्ने निर्णय कांग्रेस पदाधिकारी बैठकले गरेको छ । त्यसका लागि अन्य दलहरुसँग कांग्रेसले छलफल गर्ने भएको छ ।

माओवादी केन्द्रका नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । एमालेकै झलनाथ खनाल–माधवकुमार नेपालपक्षका नेताहरुबीच भर्चुअल माध्यमबाट छलफल भईरहेको एक नेताले जानकारी दिए । कांग्रेसले साँच्चै आफ्नो नेतृत्वमा सरकार गठन चाहेको हो वा चुनाव भन्ने निर्क्यौल भएपछि आफूहरुले थप निर्णय गर्ने उनले बताए । त्यसका लागि बरिष्ठ नेता नेपालले कांग्रेस र माओवादीसँग कुराकानी गर्ने भएका छन् ।उता संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवपक्षका सांसदहरु भने उपस्थित छैनन् । भट्टराई–यादव पक्षका सांसदहरु आन्तरिक छलफलमा जुटेका छन् ।

यद्यपि ठाकुर र महतो पक्षले ओली नेतृत्वकै सरकारका लागि सहयोग गर्नेगरी एमाले नेताहरुसँग छलफल गरेका छन् । एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार ओलीकै नेतृत्वमा बहुमतको सरकार बनाउने गरी जसपा नेताहरुसँग छलफल भईरहेको जानकारी दिए ।एमालेको खनाल–नेपालपक्षका सांसदहरुले थप कदम नचाले जसपाको ठाकुर–महतो पक्षको समर्थनमा ओलीकै नेतृत्वमा सरकार बन्ने विकल्प देखिएको छ । यदि खनाल–नेपालपक्षका सांसदले विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरे र जसपाको भट्टराई–यादवपक्षको समर्थन लिएर कांग्रेस र माओवादीले बहुमतको सरकारको दावी गर्न सक्ने विकल्प पनि छ ।

त्यसबाहेक जसपा अध्यक्ष ठाकुरको नेतृत्वमा सरकार बनाउने अर्को विकल्प पनि विपक्षी दलहरुसँग छ । यस्तो प्रस्ताव जसपा अध्यक्ष यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर गरिसकेका छन् । यद्यपि ठाकुराको नेतृत्वमा सरकार बनाउने विषयमा समेत जसपामा मतैक्यता छैन । यादवको प्रस्तावमा दाहाल सकारात्मक भएपनि कांग्रेस तयार हुन्छ वा हुँदैन भन्ने कुरा महत्वपूर्ण छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच पनि भेटवार्ता हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]