२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

कलकत्ता – हालै भारतको पश्चिम बङ्गालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बङ्गालको भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

पश्चिम बङ्गालमा बहुमत ल्याउन सफल त्रिणमूल कांग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा सपथ लिइसकेकी छन् । तर, उनी मुख्यमन्त्री रहिरहनका लागि आगामी छ महिनाभित्र पश्चिम बङ्गालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ । मुख्यमन्त्रीले उप–निर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उनले यस पहिले दुई पटकसम्म निर्वाचन जितेको क्षेत्र हो । यस वर्षको निर्वाचनमा उनले नन्दीग्राम क्षेत्र रोजेपनि भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजति भएकी थिइन् । पश्चिम बङ्गालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उनलाई त्रिणमुल कांग्रेसले मुख्यमन्त्री बनाएको हो । त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपूर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिएका थिए । पार्टीका सबै नेताहरूले छलफल गरी उनलाई यहाँबाट प्रतिस्पर्धा गराउने सुझाब आएपछि मैले सोचें कि मुख्यमन्त्रीका लागि मेरो सीट खाली गर्नुपर्नेछ ।

‘त्यहाँ कुनै दबाब छैन, सरकार चलाउनका लागि उहाँ योग्य व्यक्ति हो, मैले उनिसँग कुरा गरेँ, यो उहाँको नै सीट थियो, मैले यसलाई सुरक्षित मात्रै गरेको हो’, चटर्जीले राजिनामापछि सञ्चारमाध्यमसँग भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]