काठमाडौँ – संविधानविद भीमार्जुन आचार्यले संसद विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ठूलो अस्थिरतातर्फ धकेलेको बताएका छन् ।
संविधान मिच्ने र मनलाग्दी गर्ने प्रवृत्तिले गर्दा राष्ट्रपति र प्रधानमन्त्रीको कदमले देश ठूलो अस्थिरतातर्फ धकेलिएको आचार्यको भनाइ छ ।’संसद विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले मूलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेका छन्’, आचार्यले इकागजसँग भने, ‘यसले मूलुकलाई नसोचेको नोक्सानी हुन्छ ।’ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक संसद विघटन गरेर चुनाव घोषणा गर्नु अराजक कदम भएको पनि आचार्यले बताए ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।