बाँके – नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार सुरु भएको छ।
अस्पतालका उपनिर्देशक डा. नितेश कनोडियाले सरकारी मापदण्डअनुसार संक्रमितको शुक्रबारदेखि निःशुःल्क उपचार सुरु भएको जानकारी दिए। अस्पतालमा कोभिडका बिरामीलाई अक्सिजन, शय्या र उपचार खर्च निःशुल्क हुने उनले बताए। अस्पतालले कोरोना संक्रमितका लागि ११५ वटा शय्याबाट १३० शय्या बनाएको छ।
यसैबीच कोभिड संक्रमणका बेला नन कोभिडका बिरामीहरु समस्यामा परेको भन्दै अस्पतालमा नन कोभिडका बिरामीहरूको पनि उपचार हुने निर्देशक कनोडियाले बताए।सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएकाले बिरामीको चाप भेरी अस्पतालमा बढेको थियो।