०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर ०५, २०७७

सप्तरी – हिमाली जिल्ला मुस्ताङमा यस वर्ष ७१ सय ५० मेट्रिकटन स्याउ उत्पादन भएको छ । मुस्ताङका किसानले यस वर्ष उत्पादन गरेको स्याउले ७१ करोड रकम आम्दानी गरेको छ 

। जिल्लामा उत्पादन भएको ९० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मुस्ताङले जनाएको छ ।

गत वर्ष मुस्ताङमा ६५ सय मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष ५ सय ५० मेट्रिकटन स्याउ बढी फलेको परियोजना कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख डा. सुधीर थापाले जानकारी दिए । उनका अनुसार परियोजनाले मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रमा अवस्थित विभिन्न व्यक्ति तथा फार्मको स्याउ बगैंचा सर्भेक्षण गरी उक्त मात्रामा स्याउ फलेको जनाएको छ ।

कोवाङ र टुकुचेमा केही कम मात्रामा स्याउ फलेको भए पनि जिल्लाको घरपझोङ र वारागुङ मुक्ति क्षेत्रमा भने विगतभन्दा राम्रो र गुणस्तरीय स्याउ उत्पादन भएको परियोजना एकाइ प्रमुख डा. थापाले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]