काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने बताएका छन् । आज सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
प्रचण्डले संबिधान सम्बत नभएकोले चुनावको अर्थ नभएको बताएका छन् । उनले भने, ‘यो निर्वाचन गर्नका लागि घोषणा गरिएकै छैन । त्यो हामीलाई विश्वास छैन । दोस्रो कुरा, यो संविधानसम्मत छैन । त्यसकारण यो चुनावमा के गर्ने भन्नेबारे छलफल गर्दै छौँ ।’उनले संसद् विघटनको कदमका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद सुरु गरिने पनि बताउदै कोरोना महामारीविरुद्ध प्रतिवादमा उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्र गरेको बताए ।
प्रचण्डले अघिल्लोपटक भएको संसद्विघटन विरुद्ध जनता सडकमा आएकाले जनता त्यसका विरुद्ध छन् भन्ने स्पष्ट भएको पनि बताउदै भने- ‘जनता प्रतिगनकारी कमदका विरुद्ध छन् भन्ने पहिलो एपिसोडमा देखिसकिएको छ ।प्रचण्डले कानुनी र राजनीतिक रुपले प्रतिवाद गर्ने बताउदै जसरी हिजो सडकमा र कानुनी रुपमा संसद विघटनलाई प्रतिगमन भनेर राम्रै प्रतिवाद गरियो, यो कदमको पनि प्रतिवाद गरिने बताए ।
प्रचण्डले चुनावमा भाग लिने वा नलिने बिषयमा छलफल गरिरहेको बताएका छन् ।