काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटको क्रममा अब निर्वाचन अपरिहार्य भएकाले घोषीत मितिमै निर्वाचनको तयारीमा जुट्न आयोगलाई निर्देशन दिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
साथै, मुलुक निर्वाचनतर्फ नै अघि बढेको पनि प्रम ओलीले स्पष्ट पारेका छन् ।