काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास भइरहेको बताएका छन्।
स्वर्गीय बुद्धिबहादुर रायमाझीको ‘पञ्चायतका १३ वर्ष’ नामक पुस्तक बालुवाटारमा विमोचन गर्दै ओलीले केही व्यक्तिहरु कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न लागि परेको आरोप लगाए। ‘एकीकृत पार्टीको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ। त्यसलाई फुटाइयो। अदालतलाई अपजस लगाइयो। कुदेर आन्दोलनलाई ध्वस्त पार्दिन्छु, समाप्त पार्दिन्छु, कब्जा गर्दिन्छु भन्दै प्रतिक्रियावादीको शक्तिको पाउमा पर्न पगेका छन्’, ओलीले भने।
नेताहरु कति विक्छन् भन्ने कुरा सामान्य नेता कार्यकर्तालाई समेत थाहा भएको ओलीले बताए। पञ्चायतको प्रसंग कोट्याउँदै ओलीले जेलमा बसेका कतिपय नेताहरु लुसुक्क निहुरिएर बाहिर निस्किएको बताए।