बाँकेमा थप तीन संक्रमितको मृत्यु भएको छ । हिजो साँझ देखि आज बिहानसम्म थप तीन जनाको मृत्यु भएको हो । यो सँगै बाँकेमा गए २४ घण्टामा ८ जनाको ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा टिकापुर नगरपालिका ७ कैलालीका ३५ वर्षीय पुरुष छन् । उनलाई गत वैशाख १६ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनमा १७ गते संक्रमण पुष्टि भएको थियो । उनको हिजो साँझ ७.१५ मा मृतयु भएके भेरी अस्पतालले जानकारी दिएको छ ।यस्तै तुल्सीपुर उपमहानगरपालिका १ दाङकी ४५ वर्षीया महिलाको पनि भेरी अस्पतालमै निधन भएको छ । उनमा जेठ ४ गते कोरोना पुष्टि भएपछि ६ गते अस्पताल भर्ना गरिएको थियो । उनको गए राति १० बजे निधन भएको छ ।यस्तै, शारदा नगरपालिका १ सल्यानका ५० वर्षीय पुरुषको पनि निधन भएको छ । कोहलपुर शिक्षण अस्पतालमा आज बिहान ६ बजे उनको निधन भएको हो । उनमा जेठ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो ।
यो सँगैं बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ७३ पुगेको छ । त्यस्तै बाँकेमा अन्य जिल्लाको मृत्यु संख्या २४० पुगेको छ ।