२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १०, २०७८

एक अमेरिकी गुप्तचर रिपोर्टले विश्वमा कोरोना महामारी फैलिनु करिब १ महिनाअघि चीनको वुहानस्थित प्रयोगशालाका ३ जना अनुसन्धानकर्ता बिरामी परेको पत्ता लगाइएको दाबी गरेको छ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरअनुसार वुहान इन्स्टिच्युट अफ भाइरोलजीका ३ शोधकर्ता २०१९ नोभेम्बरमा बिरामी भएका थिए र उनीहरूले अस्पतालसँग मद्दत मागेका थिए।त्यस अमेरिकी गुप्तचर रिपोर्टमा वुहान प्रयोगशालाका ती ३ अनुसन्धानकर्ता, उनीहरू बिरामी परेको समय र अस्पताल गएको जस्ता विस्तृत जानकारी दिइएको छ।अमेरिकी रिपोर्टले कोरोना चीनको वुहानबाटै फैलिएको थियो भन्ने आशंकालाई बल पुर्‍याउने दाबी गरिएको छ।यो रिपोर्ट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को त्यो बैठकभन्दा एक दिनअघि सार्वजनिक भएको हो, जुन बैठकमा डब्ल्यूएचओले कोरोनाको उद्गस्थलबारे गरेको अर्काे चरणको अनुसन्धानबारे छलफल गरिने अनुमान गरिएको छ।

अमेरिकाको सुरक्षा परिषदका प्रवक्ताले भने वाल स्ट्रिट जर्नलमा प्रकाशित त्यस खबरबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्। तर उनले बाइडेन प्रशानसन कोरोनाको उत्पतिस्थलबारेको अनुसन्धानप्रति गम्भीर भएको बताएका छन्।यसअघि डब्ल्यूएचओको अनुसन्धान टोलीले चीनको वुहान पुगेर अनुसन्धान गरेको थियो, तर त्यहींबाट कोरोना फैलिएको भन्ने विषयमा पुष्टि गर्ने प्रमाण नभेटिएको बताएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]