एजेन्सी – मलेसियाको क्वालालुम्पुरमा सोमबार साँझ दुईवटा रेल जुध्दा दुई सय १० जना घाइते भएका छन्। सामाजिक सञ्जालमा दुर्घटनाका भिडियो र घाइतेको तस्बिर भाइरल हुन पुगेको छ। जुधेका दुई रेलमध्ये एकमा मात्रै यात्रु थिए।
घटनाको विस्तृत विवरण आएको छैन। क्वालालुम्पुर फायर एन्ड रेस्क्यु डिपार्टमेन्टका अनुसार ४७ यात्रु गम्भीर घाइते छन्।