०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ११, २०७८

बुटवल – बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ ।

निकुञ्जभित्रबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट सोमबार राती गेरुवा गाउँपालिका १ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विश्वकर्माको घटनास्थलमै र तीन वर्षीया छोरी दीपिकाको उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी तीन वर्षीया छोरी दीपिकालाई सोमबार राति झण्डै १० बजेतिर जंगली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।हात्तीको आक्रमणबाट चन्द्राको घटनास्थलमा ज्यान गएको हो भने मृतक चन्द्राकी छोरी दीपिका गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा मंगलबार बिहान उपचारका क्रममै ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ सहितको टोली मंगलबार बिहान घटनास्थलतर्फ पुगेको छ । हात्तीको आक्रमणबाट ज्यान गएसंगै गेरुवा गाउँपालिकाबासी आक्रोशित बनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]