१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ११, २०७८

काठमाडौं – जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सचेतक लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्लालाई ७२ घण्टे स्पष्टीकरण पत्र आज(मंगलबार) पठाउने तयारी गरिएको छ।

जसपा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको गत शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महन्थ,राजेन्द्र सहित चार नेतालाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। ‘गत शनिबार पार्टी अनुशासनविपरित काम गरेको भन्दै चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भयो। स्पष्टीकरणमा के के सोध्ने भनेर पत्र तयार गर्न समय लाग्यो,’ जसपा कार्यालय सचिव प्रकाश अधिकारी भने, ‘स्पष्टीकरण पत्रको व्यहोरा तयार भइसको छ। सम्भवत आज पठाउँछौं।’ स्पष्टीकरण पत्र चारै जना नेतालाई इमेलमार्फत पठाईने अधिकारीले बताए । उता जसपा–महन्थ राजेन्द्र पक्षले मधेस आन्दोलनका माग र मुद्दालाई लिएर सरकारसँग वार्ता गर्दा स्पष्टीकरण सोध्नु तर्कसंगत नभएको जिकिर गरेका छ्न्।

स्पष्टीकरणको पत्र प्राप्त गरेपछि जवाफ दिने वा नदिने भन्ने विषयमा छलफल गरेर टुंगो लगाइने महन्थ–राजेन्द्र पक्षले जनाएकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]