एजेन्सी – मालीका अन्तरिम राष्ट्रपति बाह एनडावले हिरासतबाटै राजीनामा दिएका छन्।
त्यहाँको सेनाले उनी र प्रधानमन्त्रीलाई यसै साता गिरफ्तार गरेको थियो। राष्ट्रपतिले यस्तो समयमा राजीनामा दिए, जतिखेर अफ्रिकी संघ र अन्य अन्तर्राष्ट्रिय निकायहरु मालीको सेनासँग राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य अधिकारीलाई हिरासतबाट मुक्त गर्न आग्रह गरिरहेका थिए।
राष्ट्रपतिले आफ्नो राजीनामा पूर्वसैन्य शासक तथा अन्तरिम उपराष्ट्रपति कर्नेल आसिमी गोइतालाई बुझाएका थिए।