१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

काठमाडौं – मित्र राष्ट्र चीनले नेपाललाई थप १० लाख डोज खोप दिने भएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई थप खोप दिने निर्णय गरेको नेपालका लागि चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विटरमा लेखेकी छन्, ‘नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपतिबीच आजको टेलिफोन वार्तापछि चीनले १० लाख खोप अनुदानमा दिनेछ।’ राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपतिबीच करिब एक घण्टा टेलिफोन वार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका हुन्।चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराइसकेको छ। टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले नेपालमा फैलिरहेको कोरोना महामारीविरुद्धको लडाइँमा चीनले पुर्‍याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी थिइन्। कुराकानीकै क्रममा भण्डारीले नेपालले चीनबाट खोप खरिद गर्न चाहेको बताएपछि चिनियाँ राष्ट्रपतिले थप १० लाख खोप दिने घोषणा गरेका हुन्। उनले नेपालले सामना गरिरहेको कोरोना महामारीसँग लड्न सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीन, अमेरिका, रुस र भारतबाट थप खोप छिटो आउने सम्भावना रहेको जनाएका छन्। ‘यी चार देशबाट छिटो खोप आउने सम्भावना देखिएको छ, खोप आउँछ’, उनले बुधबार साँझ नागरिकसित भने, ‘हामीले उच्च स्तरमा सबै देशसँग अनुरोध गरिरहेका छौं, केही देशले दिने सम्भावना छ।’ भारतबाट सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिद गर्न नेपालले २० लाख डोजको रकम भुक्तानी गरिसकेको भए पनि १० लाख डोज मात्रै आइपुगेको छ, बाँकी रोकिएको छ। त्यसअघि भारतले १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराएको थियो।

कोभ्याक्सले जोखिम समूहमा रहेका २० प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउने भने पनि अहिलेसम्म ४ लाख ५० हजार डोजमात्रै उपलब्ध गराएको छ। कोभ्याक्सले पनि सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप उपलब्ध गराएको थियो। भारतीय अदालतले देशका नागरिकलाई खोप पूरा नगरी निर्यात गर्न नपाइने आदेश दिएपछि नेपालले खरिद गरेर ल्याउने १० लाख डोज खोप र कोभ्याक्सले दिने खोप रोकिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]