काठमाडौं – प्रतिनिधिसभाको विघटनको विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा सुनुवाई हुने भएको छ ।
प्रतिनिधिसभाको विघटन बिरुद्ध परेको १९ वटा रिटको सुनुवाई प्रधानन्यायाधीश जबराको बेन्चमा हुन लागेको हो । बिहिबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले तीरिटको सुनुवाइ आफ्नै बेन्चमा हुने गरी तोक्नु भएको छ । प्रतिनिधिशभा बिघटन बारे सर्बोच्च अदालतमा अन्तरिकम आददेशको मा गर्दे १९ ओटा र संवैधानिक इजलासमा सुनुवाइको माग गर्दे ११ ओटा रिट दर्ता भएको छ ।
संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका रिटको भने १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।