१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

सप्तरी – सप्तरीमा दैनिक कोभिड १९ बढी रहेको लाई नियन्त्रण गर्ने उदेश्यले आज यहाँ पनी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

कोरोना संक्रमणलाई न्युनीकरणको लागि एसएनभि नेपालको सहयोगमा सप्तरीको खडक नगरपालिकामा संचालित रहेको वास एसडिजि कार्यक्रम अन्तर्गत सबल नेपालले सप्तरीको खडक नगरपालिकालाई उक्त हस्तान्तरण गरिएको छ ।खडक नगरपालिकाद्धारा संचालनमा रहेको आईसोलेसन सेन्टरको लागि तथा स्वास्थय चौकीहरुमा हात धुने स्टेशनको संचालनको लागि विभिन्न सरसफाइ जन्य सामाग्रीहरु उपल्बध गराएको सबल नेपालका कार्यक्रम संयोजक प्रमेश्वर झाले जानकारी दिनुभयो ।

झाका अनुसार खडक नगरपालिकालाई कुल ३ लाख ९९ हजार मुल्यबराबरको सामग्री हस्तान्तरण गरीएको जानकारीमा आएको छ जस अन्र्तगत के ९५ मास्क १०० थान, सर्जिकल मास्क ५० प्याकेट, हेन्ड स्यानिटाईजर ५०० मिलिलीटरको २०० थान, पिपिई सेट ५० सेट, फेसशिल्ड १०० थान, सर्जिकल ग्लोभस ५० प्याकेट, लाईफ व्याव हेन्ड वास लिक्वीड २०० मिलीलीटर को १०० थान, लाईफव्याव साबुन ५०० थान, फिनाईल ५० थान, हार्पिक ५० थान वितरण गरिएको छ ।

उक्त अवसरमा खडक नगरपालीकाको नगरप्रमुख हेमायु हक, उपप्रमुख याश्मिन सुल्तान, वडा नं ७ को वडा अध्यक्ष राकेश साह तथा स्वास्थय संयोजक जयकान्त पंडितको उपस्थिति रहेको थियो । त्यस्तै एसएनभि नेपालको तर्फ बाट कृष्ण जिसी तथा सबल नेपालको तर्फ बाट कार्यक्रम सुपरभाईजर देवेश् चौधरीको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]