०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १४, २०७८

सप्तरी – कमेडियन आदर्श मिश्रले बाबुको निधनपछि सामाजिक सञ्जाल मार्फत् आक्रोश पोखिरहेका छन् ।

विशेष गरी नारायणी अस्पतालको हेलचेक्र्याइँले बुवाको निधन भएको उनले दाबी गरेका छन् । अस्पताल प्रशासन र समग्र स्वास्थ्य संयन्त्रमाथि उनले प्रश्न गरिरहेका छन् ।

उनै मिश्रलाई नारायणी अस्पतालका डा. निरज सिंहले धम्की दिएका छन् । सिंहले मानहानीको मुद्दा हाल्ने भन्दै आफूलाई धम्की दिएको आदर्शले बताएका छन् । आदर्शले माफी नमागे अस्पतालमा रहेका अन्य मिर्गौला पीडितको उपचार रोक्ने सम्मको धम्की दिएको आदर्शले एक भिडियो सामग्रीमा उल्लेख गरेका छन् ।

आदर्शले भिडियोमा पटकपटक सिंहको नाम लिएर ‘सर मलाई माफी दिनुहोस्’ भनेका छन् । उनले भनेका छन्, ‘सर मलाई माफ दिनु होला । मलाई तपाईंको घमण्ड भन्दा मान्छेको ज्यान ठुलो लाग्छ ।’ उनले भिडियोमा अस्पताल प्रशासनका कमजोरीहरूलाई अझै प्रष्ट रूपमा उठाएका छन् ।

उनले भनेका छन्, ‘डायलासिस गर्ने मेसिन बिग्र्या छ भन्नु भयो । हामीलाई पनि थाहा छ  मेसिन बनाउने पैसा आफ्नो खल्तीमा हालेको । पोखराको मेसिन बनाउने इन्जिनियर नआउनुको कारण पनि थाहा छ ।’

उनले डाक्टरको घमण्डले अरू विनोद मिश्रको ज्यान अकालमा नजाओस् भनेर माफी मागेको बताएका छन् । उनले भनेका छन्, ‘तपाईंले डायलासिस गर्न रोक लगाउन मिल्दैन किनकि तपाईं त भगवान हो । मैले तपाईंको स्वास्थ्य व्यवस्था माथि औँला उठाए । तपाईंलाई के थाहा छ र सर ? यसको पीडा मलाई थाहा छ ।’

उनले आफूविरुद्ध मानहानीको मुद्दा हालिन्छ भनेर डराएर माफी नमागेको बताएका छन् । उनले भनेका छन्, ‘न तपाईंलाई आफ्नो इज्जतको मतलब छ, न आफ्नो मान्छे गुमाउनुको पीडा ।’ उनले आफूविरुद्ध मुद्दाको धम्की दिने डाक्टरलाई सजिलो होस् भनेर आफ्नो तीनपुस्ते परिचय पनि बताइदिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]