०९ माघ २०८१, बुधबार
5:25:15 PM

KChhaKhabar

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा विज्ञप्ती जारी गर्दै कोभिड–१९ का संक्रमितहरुको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निर्वाह गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘कोभिडको यो उच्च महामारीमा सबै जना आत्तिए पनि आफ्नो घर–परिवारभन्दा बिरामीको सेवालाई केन्द्रमा राखेर विगत लामो समयदेखि अटल रुपमा अरोरात्र आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका स्वास्थ्यकर्मीहरुको कामको हामी सबैले उच्च प्रशंसा गर्दछौं ।‘यस्तो विषम परिस्थितिमा समेत आफ्नो पेशागत मर्यादा नभूलि काम गरिरहेका स्वास्थ्यकर्मीहरुमाथि आफ्नै कार्यस्थलमै सांघातिक हमला हुने खालका क्रियाकलापमहरु दिनानुदिन हुँदै जानु निकै लज्जास्पद हो, विज्ञप्तीमा भनिएको छ–‘तपाईं हामी सर्वसाधारणहरुलाई कोभिड १९ को संक्रमणले जति समस्या परिरहेको छ, त्यो भन्दा स्वास्थ्यकर्मीहरुको पेशा, दैनिकी तथा आफन्त, समाजमा विगत महामारी सुरु भएदेखि नै अत्यधिक कठिनाइहरु भैरहेका छन् भन्ने विषयलाई हामी कसैले नभुलौं ।’

विज्ञप्तीमा स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न सक्ने खालका वातावरण हामी सबैले मिलेर बनाउनु पर्दछ भन्दै यो महामारीको समयमा संक्रमणको रोकथाम, नियन्त्रण, उपचारका सबै भन्दा भरपर्दा सारथी भनेकै स्वास्थ्यकर्मी भएकाले सबै सरोकारवाला निकायहरु मिलेर उहाँहरुलाई उच्च मनोवलका साथ काम गर्ने सुरक्षित वातावरण बनाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल हार्दिक अनुरोध गर्दछ ‘नेपाल सरकारले तोको उपचार निर्देशिका अनुसार उपचार गरिरहेका भेरी अस्पताल, नेपालगञ्जका स्वास्थ्यकर्मीहरु माथि गए राति भएको दुव्यर्वहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

यसरी कहिं कतै कसैले कुनै पनि वहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृंखला तथा गैरकानूनी र अमानवीय गतिविधिहरुमा शून्य सहनशीलता राखि कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकै फौजदारी कार्यविधि संहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ आदि अनुसार कडा भन्दा कडा कारवाहीको प्रवन्ध गरदिनु हुन सम्बन्धि सबैमा अनुरोध छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com