०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १४, २०७८

सार्वजनिक संस्थानहरूको वार्षिक स्थिती समीक्षा सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले शुक्रवार दिउँसो पत्रकार सम्मेलन गर्दै आर्थिक नीति सार्वजनिक गरेको हो ।

समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालू आर्थिक वर्षमा अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चूनौतिपूर्ण भएको बताएका छन् । समीक्षा कार्यक्रममा बोल्दै उनले ४.०१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका हुन्।

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो ।तर बैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि यो अनुमान पुरा नहुने निष्कर्षमा अर्थमन्त्री पौडेल पुगेका हुन्। यस्तै चालु आवको फागुनसम्म विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको फागुनसम्ममा संघीय सरकारको खर्च ४.५ प्रतिशतले संकुचन भएको छ । फागुनसम्ममा शोधनान्तर स्थिती ६८ अर्बले बचतमा रहेको छ । यस्तै विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको छ । सर्वेक्षण अनुसार, चालु आर्थिक वर्षमा धानको उत्पादन १.३ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रममा अर्थसचिव शिशिर ढुंगानाले आर्थिक वृद्धिदरबाहेक अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक रहेको बताए । उनले भने,‘सबै सूचकहरूलाई आधार मान्दा हामी कन्फर्ट जोनमै छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]