१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

सप्तरी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विरोधीहरूबाट गणतन्त्रका मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेकाले यस्ता तत्वविरुद्ध एकतावद्ध संघर्ष निम्ति आग्रह गरेका छन्‌।

​१४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले प्रतिशोधी भावना, अहंकारवादी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने उल्लेख गरेका छन्‌।

​नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको प्रचण्डले लेखेका छन्‌।

​वक्तव्यमा उनले कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन्‌।

‘भाइरसको दोस्रो लहरले नेपालमा धेरै व्यक्तिको ज्यान गएको छ। स्वदेशमै उपलब्ध स्रोत/साधनको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परिरहेको छ। कतै अस्पतालमा विद्युत आपूर्ति बन्द हुँदा संक्रमितले ज्यान गुमाइरहेका छन्‌ भने कतै अस्पतालभित्र स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा उपचार नपाई नागरिकको ज्यान गइरहेको छ,’ उनले लेखेका छन्‌, ‘यस प्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]