२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदैछ। फाइनलमा प्रतिस्पर्धामा उत्रँदैछन् इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी। पोर्चुगलको पोर्टोमा आज राति पौने १ बजे खेल सुरु हुनेछ।

चेल्सीले सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने सिटीले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको हो।यी दुई टिमका पछिल्ला भेटहरु हेर्ने हो भने चेल्सी बलियो देखिन्छ। पछिल्ला ६ हप्तामा चेल्सीले सिटीलाई दुईपटक हराइसकेको छ। पछिल्लो पटक प्रिमियर लिगमा र त्यसअघि एफए कपको सेमिफाइनलमा। फ्राङ्क लाम्पार्डको स्थानमा थोमस टुचाल जनवरीमा आएसँगै चेल्सीले लय समाएको देखिन्छ।उता पछिल्ला चार सिजनमा तीन पटक प्रिमियर लिग जितेको सिटी पहिलो पटककै फाइनलमा च्याम्पियन्स लिग जित्ने होडमा हुने छ। पोर्टोमा हुने फाइनल खेलमा १६ हजार ५ दर्शकहरुको उपस्थिति हुने जनाइएको छ।

‘अहिलेको समयमा उनीहरु युरोपकै उत्कृष्ट क्लब हुन सक्छन, सायद विश्वकै पनि। लिगमा पनि उनीहरुले हामीसँग ठूलो ग्याप बनाएका थिए। तर हामीले त्यो ग्यापलाई वेल्बले र उनीहरुसँगको अवे गेममा पुरा गरेका थियौं। जसलाई हामी निरन्तरता दिन चाहन्छौं,’ शुक्रवार सिटीका प्रशिक्षक टुचालले भने।त्यस्तै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने : मलाई थाहा छ फाइनल जित्नका लागि हामीले ठूलो संघर्ष गर्नुपर्नेछ। कहिलेकाहीँ यसलाई इन्जोए गर्नु राम्रो हुन्छ।बार्सिलोनालई २००९ र २०१० मा च्याम्पियन बनाएका ग्वार्डिओला सिटीलाई च्याम्पियन बनाउँदै तेस्रो उपाधिमा आफ्नो नाम सुरक्षित गराउन चाहनेछन्। उता टुचाल पहिलो पटक च्याम्पिन्स लिगको ट्रफी जित्ने मुडमा छन्। अघिल्लो सिजन उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई फाइनलमा पुर्‍याए पनि बायर्न म्युनिखसँग पराजित भएको थियो।

लिगमा समूह सीको शीर्षस्थानमा रहँदै सिटीले लिगमा राम्रो सुरुवात गरेको थियो भने चेल्सी समूह ई को शीर्षस्थानमा रहेको थियो। त्यस्तै अन्तिम १६ को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पहिलो लेगमा ०-१ र घरेलु मैदानमा भएको दोस्रो लेगमा २-० ले हराउँदै समग्रमा ३-० को जित निकालेर चेल्सी अन्तिम ८ मा प्रवेश गरेको थियो। उता सिटीले अन्तिम १६ मा जर्मन क्लब मुन्छेनग्लाडबाखलाई पहिलो र दोस्रो लेगमै समान २-० ले हराउँदै समग्रमा ४-० को जित निकालेर अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो।क्वाटरफाइनलमा चेल्सीले पोर्चुगिच क्लब पोर्टोमाथि २-० जित र १-० को हार गरी समग्रमा २-१ ले जित निकाल्दै सेमिफाइनको यात्रा तय गरेको थियो। उता सिटीले क्वाटरफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई पहिलो र दोस्रो लेगमै समान २-१ गोलअन्तरले हराउँदै समग्रमा ४-१ को जित निकाल्यो। र सेमिफाइनलको यात्रा तय गर्‍यो।

सेमिफाइनलमा चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई र सिटीले फ्रेन्च क्लब पीएसजीलाई हराएको थियो। मड्रिडसँग पहिलो लेगमा १-१ को बराबरी खेलेको चेल्सीले दोस्रो लेगमा २-० को जित निकाल्दै समग्रमा ३-१ को जित निकालेर फाइनल प्रवेश गर्‍यो। उता सिटीले सेमिफाइनलको पहिलो लेगमा २-१ र दोस्रो लेगमा २-० ले पीएसजीलाई ४-१ को अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]