काठमाडौं – नेकपा एमालेको आज साँझ ५ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक सरेको छ । तयारी नपुगेको भन्दै बैठक सारिएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आइतबार ५ बजे बस्ने भनेको स्थायी समिति बैठक सोमबार बिहान १० बजे बस्नेगरी मिति सरेको जानकारी दिए ।
बैठकमा खासगरी गत साता गते स्पष्टीकरण सोधेका १२ नेताहरुमाथिको कारवाहीबारे छलफल हुने बताइएको छ ।