२८ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

दोहा – रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा सोमबार अर्थात् जुन १ तारिखदेखि १४ दिनसम्म लकडाउन घोषणा गरिएको छ ।

कोरोना संक्रमणको दोश्रो लहरले विश्वनै आक्रान्त पारिरहँदा मलेसियामा संक्रमण बढेपछि पूर्ण लकडाउनको निर्णय भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । जुन १ देखि १४ सम्म मलेसिया सरकारले अत्यावश्यक बाहेक सबै प्रकारका आर्थिक र सामाजिक गतिविधिमा रोक लगाउने निर्णय गरेको छ । खाद्यान्न, स्वास्थ्य क्षेत्र, पानी, बिजुली, सुरक्षा, इन्धन आयात निर्यात, बैङ्क तथा वित्तीय संस्था लगायतका १७ वटा अत्यावश्यक क्षेत्र बाहेक अन्य क्षेत्र सञ्चालन नहुने द स्टार पत्रिकाले जनाएको छ ।

त्यहाँ कार्यरत नेपालीसहित अन्य श्रमिकहरूलाई काममा आवतजावत गर्नका लागि यसअघि जारी गरिएका सबै पासहरू पनि रद्द गरिएको जनाइएको छ । कामको क्षेत्र अनुसार सम्बन्धित निकायले फेरि पास जारी गर्ने जनाएको छ ।दुई हप्तापछि संक्रमणको अवस्था हेरेर केही खुकुलो पार्दै लैजाने जनाइएको छ । लकडाउन अवधिभर बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन त्यहाँस्थित नेपाली दूतावासले सबैमा नेपाली समुदायलाई अनुरोध गरेको छ ।मलेसियमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख ६५ हजार ५३३ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ४ लाख ८४ हजार ७८७ पुगेको छ भने अहिलेसम्म संक्रमणबाट २ हजार ९२७ जनाको मृत्यु भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केही दिनअघि एक कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कोरोना संक्रमण (कोभिड -१९) का कारण मलेसियामा ९ जना नेपालीको मृत्यु भएको बताएका थिए । मलेसियामा विभिन्न क्षेत्रमा गरी करिव ४ लाख नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]