०७ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०६, २०७७

रासस
६ भदौ, रुपन्देही । कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो ।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उनको आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगिकी थिइन् । परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए ।

उनी कोहलपुर पुगिन् । तर चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भनेर आइसोशनमा राखेर निगरानी गरिरहेका थिए । शनिबार बिहान करीब ९:३० बजे शल्यक्रियाबाट छोरी निकालिएको हो ।
शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ‘भोलि कोरोना परीक्षण गर्छौँ, त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ’ उनले भनेका छन् ।
उनकाअनुसार योसँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो ।
गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएकाले आइसोलेशनमै छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]