सप्तरी – सप्तरीका प्रजिअलाई रेडक्रश शाखा सप्तरीले काेराेना भाइरसबाट जाेगिनका लागि विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेकाे छ ।
रेडक्रस प्रदेश २ का महासचिव चन्द्रेश्वर मण्डलले सहयोग गरेका १० हजार सर्जिकल माक्र्स तथा ५० वटा पिपि एक कार्यक्रममा बिच हस्तान्तरण गरेका हुन ।साे स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा रेडक्रसका प्रदेश २ का चन्देश्वर मण्डल , रेडक्रस शाखा सप्तरीका ब्रमदेव यादव , काेभिडका फाेकल पर्सन प्रशान्त थापा , रेडक्रसका प्रदेश २ का गाेदाम अधिकृत सुदर्शन श्रेष्ठ लगायतकाहरुकाे उपस्थिति रहेको थियाे ।
त्यस्तै रेडक्रस प्रदेश २ का महासचिव चन्देश्वर मण्डलले रेडक्रस शाखा सप्तरिलाइ २३ हजार सर्जिकल माक्स ,KN95 १ हजार माक्स र २० वटा पिपि समेत हस्तान्तरण गरेकाे रेडक्रसका ब्रमदेव यादवले जानकारी दिनुभयो ।