१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १८, २०७८

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले न्यायालय र कानुन व्यवसायीहरुप्रति प्रधानमन्त्रीको टिप्पणी तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै भएको बताउनु भएको छ ।

कोइरालाले फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास , गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै भएको बताउनु भएको हो । उहाँले सजग भएर त्यसको प्रतिकार गर्न पनि सबैलाई आग्रह समेत गर्नु भएको छ ।उहाँले पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा पनि प्रधानमन्त्रीलाई स्मरण गराउनु भएको छ । ‘तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन,’ उहाँ भन्नुहुन्छ ‘हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो ।’

त्यस्तै गणतन्त्रको आन्दोलनमा कोटमा वकिलहरु सँगै होमिएको प्रधानमन्त्रीलाई स्मरण गराउदै डा. कोइराला भन्नुहुन्छ ‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ । कति चाडै बिर्सन सकेको उनीहरुको योगदान ?’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]